स्थानीय तह उप-निर्वाचनमा पुन मतदान गर्नुपरे सिडिओ र जिल्ला प्रहरी प्रमुख जिम्मेवार हुने गृहमन्त्रीको चेतावनी

स्थानीय तह उप-निर्वाचनमा पुन मतदान गर्नुपरे सिडिओ र जिल्ला प्रहरी प्रमुख जिम्मेवार हुने गृहमन्त्रीको चेतावनी

काठमाडौँ : गृहमन्त्री रमेश लेखक स्थानीय तहको उपनिर्वाचनमा सुरक्षाका लागि आवश्यक परे नेपाली सेना समेत परिचालन गर्न सक्ने विषयमा सरकारले तयारी गरेको बताए।

शुक्रवार उनले भर्चुअल विधिबाट ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा समितिका पदाधिकारीसितको बैठकका लेखकले निर्वाचन सुरक्षा सामान्य रूपमा नलिन आग्रह गरेका थिए।

‘३३ जिल्लाका ४१ स्थानमा उपनिर्वाचन हुदैछ’ उनले भने ‘शान्ति सुरक्षा नभएर पुनः मतदानको स्थिति आए सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख जिम्मेवारी हुनुहोला।’उनले पछिल्लो समय लागूऔषधको अवैध कारोबार र दुर्व्यसन चुनौतीका रूपमा देखा परेको भन्दै लागूऔषध नियन्त्रणमा कारबाहीसँगै सचेतनामा समेत जिल्लामा जोड दिन निर्देशन दिएका थिए।

सामाजिक सञ्जाल र डिजिटल मिडियाका माध्यमको दुरुपयोग बढेको भन्दै उनले त्यसको नियन्त्रणका लागि प्रहरीको साइबर ब्युरोले कारबाही अघि बढाइरहेको बताए।

‘जिल्लामा पनि हेटस्पीच दिने, अरूको मानमर्दन गरेर सामाजिक सञ्जाल प्रयोग गर्ने कार्य हुदैछन्’उनले भने ‘लोकतन्त्र अनुशासनको पद्धति हो, अराजकताको पद्धति होइन।’

उनले राजश्व चुहावट नियन्त्रण, पछिल्लो समय चुनौतीका रूपमा देखिएको लागूऔषध नियन्त्रण, आत्महत्या न्यूनीकरण र सवारी दुर्घटना न्यूनीकरणमा गम्भीर भएर काम गर्न समेत निर्देशन दिएका थिए।

मंसिर ७, २०८१ शुक्रबार १९:४३:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।