प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्ष द्विवेदीबीच शिष्टाचार भेट

प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्ष द्विवेदीबीच शिष्टाचार भेट

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र मानार्थ महारथीको पदवी लिन नेपाल आएका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेबीच शिष्टाचार भेट भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दुबैबीच भेट भएको हो। भेटमा प्रधानमन्त्री ओलीले नेपाल र भारतका सेनापतिबीच मानार्थ महारथीको आदानप्रदानको मौलिक परम्पराको निरन्तरता भएकामा खुसी व्यक्त गरेका थिए। उनले दुई मुलुकबीचको सहकार्य र सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिएका थिए।

सेनाध्यक्ष द्विवेदीले नेपाली सेनाको मानार्थ सेनापति हुन पाउँदा गर्वको महसुस गर्दै आफूलाई भाग्यमानी ठानेको बताउँदै दुई देशको सम्बन्धलाई थप विस्तारमा आफूले सक्दो भूमिका निर्वाह गर्ने बताए।

भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गाना, नेपाली सेनाका उपरथी मधुकर कार्कीलगायत सहभागी थिए।

मंसिर ७, २०८१ शुक्रबार १९:३२:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।