एमालेको सभामा देखियो महिला शक्ति

एमालेको सभामा देखियो महिला शक्ति

काठमाडौँ : जागरण सभाको नाममा एमालेले शुक्रवार काठमाडौँको दरबारमार्गमा आयोजना गरेको शक्ति प्रदर्शनमा महिलाहरूको उल्लेख्य सहभागिता देखियो।

एमाले विरोध सभामा काठमाडौँ महानगरकी उपमेयर सुनिता।

एमाले विरोध सभामा काठमाडौँ महानगरकी उपमेयर सुनिता।
एक लाखलाई सडकमा उतार्ने भनेर व्यापारिक चहलपहल हुने दरबारमार्गको सडक खाली गराएको एमालेले आधा भाग पनि भर्न सकेन।

देशभर बढ्दै गएको अराजकताको विरोध गर्न भन्दै आयोजित सभाले सवारी आवागमनमा अवरोध पुर्याउन काठमाडौँको भित्री शहरी क्षेत्रको सवारी आवागमन अवरुद्ध भयो।

सभामा देखिएको सकारात्मक पक्ष महिलाहरूको सहभागिता नै हो। सभामा काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलसहित महिलाहरूको बाक्लो उपस्थिति थियो।

सहभागी महिलाहरूको उमेर समूह एकै थिएन। भर्खरकादेखि प्रौढहरूसम्म सभामा सहभागी भएका देखिए।

सभामा भेटिएकी अखिल नेपाल महिला सङ्घकी अध्यक्ष विमला चौलागाईं शर्माले महिला भएर राजनीतिक सभामा संलग्न हुनु चुनौतीपूर्ण रहेको भए पनि २०६२ सालदेखि निरन्तर सहभागी हुने गरेको बताइन्।

त्यस्तै, सोलुखुम्बुकी उमा बानले आफू जिफन्टको सदस्य भएको र बुढानीलकण्ठ-१२ बाट सभामा सहभागी हुन आएको बताइन्।

मंसिर ७, २०८१ शुक्रबार १७:१३:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।