शक्ति प्रदर्शन सभामा माओवादी, प्रसाईँ र रविलाई लक्षित गर्दै ओलीले भने ‘सरकार वाहियात कुराको पछि लाग्दैन’
काठमाडौँ : एमालेको शक्ति प्रदर्शन सभामा बोल्दै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन गर्नुपरेमा जनतासँग राय लिएर संशोधन गरिने दाबी गरे।
उनले सुशासनका लागि सरकार सक्रिय रहेको भन्दै उनले अहिलेको समीकरण र एमालेलाई कसैले हल्लाउन नसक्ने दाबी गरे।
उनले कुनै कमिसनखोर गर्न भ्रष्टाचार गर्न सरकारमा नगएको भन्दै आफ्नालाई भर्ना गरेर अकुत सम्पत्ति कमाउने भन्दै अन्य दलका नेताहरूलाई आक्षेप लगाए।
उनले तथ्य र प्रमाणका आधारमा एमालेसँग बहस गर्न अन्य दलका नेताहरूलाई चुनौती दिए। कम्बोडियामा लगानी गरेको भन्दै फाल्तु गफ गरेको भन्दै उनले आफन्तको नाममा समेत सम्पत्ति राखेर करोडपति बनाएको भन्दै यसमा बहस गर्ने हो भने आफ्नो दल तयार रहेको समेत बताए।
उनले देशलाई सुशासन दिएर गरिबी हटाएर देशलाई विकासको तीव्र गतिमा अगाडि बढाउने चुनौती रहेको भन्दै आफू दन्त बझान गर्न नचाहेको बताए।
उनले बैंकबाट ऋण लिएपछि तिर्नु पर्दैन भन्दै हिँडेको र अर्थतन्त्र ध्वस्त बनाउन खोजेको, ब्यवसायीहरुलाई लखेट्ने अनि मारवाडी समुदायमाथि नै
विद्युतको बक्यौता नउठाउने तर उद्योगीको उद्योगको लाइन काटेर अराजकता बढाएको उनले दाबी गरे। विद्युत् लाइन काटेर देशको अर्थतन्त्रमा नकारात्मक असर पारेको र उद्योग बन्द गराउने षड्यन्त्र भइरहेको उनले दाबी गरे।
गालीगलौच गर्ने, मुख छाड्ने अनि अराजकता फैलाउने, कसैले आफ्ना विरुद्ध बोलेको छ भने राती आक्रमण गरेर हत्या प्रयास गर्ने काम भएको, ट्रकभित्र मान्छे राखेर बाहिरबाट आगो लगाउने काम भएको उनले बताए।
उनले भने ‘कताकति सहकारीमा ठगीको प्रमाण छन्। आफैँ सहकारी ठग्ने अनि अर्कालाई गाली गर्ने?’
उनले सरकारले कसैको पनि अनुहार हेरेर व्यवहार नगर्ने भन्दै कानुनविपरित काम गर्ने कसैलाई पनि एमाले अनि वर्तमान सरकारले नछाड्ने बताए।
उनले प्रतिस्पर्धा स्थगित गरेर देशलाई अगाडि बढाउन नेपाली कांग्रेससँग मिलेर सरकार बनाएको भन्दै उनले देशको हरेक पक्ष ओरालो लागेको अवस्थामा देशलाई जोगाउन दुवै दलबीच सहकार्य भएको उनले दाबी गरे।
उनले सरकार आफैँ पनि कानुनमा बसेर चल्ने र अरू पनि कानुनमा बसेर चल्नुपर्ने भन्दै सरकारले कसैसँग सेटिङ नगर्ने र कुनै पनि निर्दोष नफस्ने तथा कुनै पनि दोषी नउम्कने दाबी गरे।
आफ्नो राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा गर्दै छिमेकसँगको सम्बन्ध सुदृढ गर्ने बताए।
आफ्नो चीन भ्रमणको तयारीलाई अपरिपक्व भयो भन्दै वाहियात र कायर तर्क गरिएको भन्दै सबै छिमेकी देशहरूसँग सम्मानजनक सम्बन्ध कायम गर्ने बताए।
१७ गतेबाट चीनको भ्रमणमा जाने भन्दै उनले भ्रमण अत्यन्त सफल हुने दाबी गरे। चीनबाट फर्किएपछि भ्रमण कसरी सफल भयो भन्ने भन्दै उनले भने ‘यसो चीन घुमेर आउँ भनेर जान लागेको हैन।’
मंसिर ७, २०८१ शुक्रबार १५:१५:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।