एमालेको सभामा ओम्नी, यती, गिरिबन्धु र कम्बोडियाको टेलिकमको चर्चा

एमालेको सभामा ओम्नी, यती, गिरिबन्धु र कम्बोडियाको टेलिकमको चर्चा

काठमाडौं : ट्राफिक व्यवस्थापनलाई अस्तव्यस्त बनाएर एमालेले दरबारमार्गमा गरेको ‘जागरण सभा’मा ओम्नी, यती, गिरिबन्धु र कम्बोडियाको टेलिमको चर्चा भएको छ।

एमाले महासचिव शंकर पोखरेलले एमालेललाई ओम्नी, यती, गिरिबन्धु र कम्बोडिया भनेर कुप्रचार गरिएको भन्दै उनले त्यसमा आफ्नो पार्टी र पार्टीका नेता संलग्न भएको दाबी गरेका हुन्।

कोरोना महामारीको समयमा ओम्नीमार्फत चिनियाँ कम्पनीबाट सामान नेपाल ल्याइएको भए पनि पूरै सामान नआएपछि धरौटी समेत जफत गरी भुक्तानी नगरिएको पोखरेलले बताए।

यस्तै यती होल्डिङ्सका बारेमा एमाले महासचिव पोखरेलले त्यसमा छानविन गर्न तयार रहेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा सम्झौता भएको दाबी गरे।

गिरिबन्धी टी स्टेटका सन्दर्भमा ओली प्रधानमन्त्री हुनुअघि नै दुई पटक जग्गा वितरण भइसकेको स्मरण गराउँदै उनले अदालतले कानून बनाएर मात्र काम गर्न आदेश दिएपछि कानून बनाइएको तर्क गरे।

त्यसैगरी उनले कम्बोडियाको टेलिकममा पार्टी अध्यक्षको लगानी रहेको सन्दर्भमा पनि अराजक तत्वहरूले भ्रम फैलाइरहेको दाबी गर्दै त्यसलाई प्रमाणित गर्न चुनौती दिए।
त्यसका अलावा महासचिव पोखरेलले ओलीको प्रधानिधित्व कालमा देशका लागि रामराज्य भएको बताए।

जनताले बनाएको पार्टी जनतामा जाने र जनप्रदर्शन गर्ने अभ्यास विश्वको ठूलो लोकतन्त्र भारतमा पनि भएको उल्लेख गर्दै उनले आजको कार्यक्रम सरकारको नभएर एमालेको भएको बताए।

मंसिर ७, २०८१ शुक्रबार १४:३९:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।