लोडसेडिङ एमालेले हटाएको शंकर पोखरेलको दाबी

लोडसेडिङ एमालेले हटाएको शंकर पोखरेलको दाबी

काठमाडौं : एमाले महासचिव शंकर पोखरेलले लोडसेडिङ एमालेले हटाएको दाबी गरेका छन्।

एमालेले काठमाडौंमा गरेको जनसभामा सम्बोधन गर्दै महासचिव पोखरेलले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले बनाएको योजना अनुरुप लोडसेडिङ अन्त्य भएको दाबी गरेका हुन्।

‘नेपालका जलस्रोतमा देखिएका समस्याहरुलाई हल गरेर आधारभूत लोडसेडिङ एक वर्षभित्र अन्य गर्ने योजना केपी शर्मा ओलीले गर्नुभयो,’ उनले भने, ‘त्यही योजनाको परिणाम भारतबाट अन्तरदेशीय लाइन निर्माण गरेर विद्युत् आयात गरेर नेपाललाई अध्यारोबाट उज्यालो युगतर्फ फर्काउने प्रयत्न गर्यौं।’

काम एमालेले गरे पनि जस भने अरुले पाएको उनको भनाइ छ।

उनले अगाडि थपे, ‘बिडम्बनाको कुरा काम एउटाले गर्दछ, जस अर्कालाई दिने हाम्रो समाजको परम्परा बनेको छ।’

मंसिर ७, २०८१ शुक्रबार १४:२५:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।