अष्ट्रेलियाविरुद्धको टेस्टमा भारत १५० रनमा समेटियो
एजेन्सी : अष्ट्रेलियासँगको बोर्डर-गावस्कर ट्रफीको पहिलो टेस्ट खेलमा भारतको पहिलो इनिङ १५० रनमा समेटिएको छ।
आजको खेलमा डेब्यु गर्दै आएका नितिश रेड्डीले भारतका लागि सर्वाधिक ४१ रन बनाए। उनीबाहेक ऋषभ पन्तले ३७ रन जोडे।
पर्थमा भइरहेको उक्त खेलमा भारतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो।
खेलमा यशस्वी जैसवालसँगै केएल राहुल ओपनरको रुपमा मैदानमा उत्रे तर जैसवाल कुनै रन बनाउन नसकेर आउट भए। उनको स्थानमा आएका देवदत्त पडिक्कल पनि बिना कुनै रन नै आउट भए।
यसबाहेक केएल राहुल २६, विराट कोहली ५, ध्रुव जुरेल ११, वासिङ्टन सुन्दर ४, हर्षित राना ७, जसप्रित बुमराह ८ र मोहम्मद सिराज शून्यमा आउट भए।
उक्त खेलमा भारतीय टिमको कप्तानी फास्ट बलर जसप्रित बुमराहले गर्दैछन्।
मंसिर ७, २०८१ शुक्रबार १४:१३:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।