ट्राफिक व्यवपस्थापन अस्तव्यस्त पारेर काठमाडौंमा एमालेको प्रदर्शन (तस्बिरहरू)

ट्राफिक व्यवपस्थापन अस्तव्यस्त पारेर काठमाडौंमा एमालेको प्रदर्शन (तस्बिरहरू)
तस्बिर- रासस

काठमाडौं : उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त पारेर सत्तारुढ दल एमालेले काठमाडौंमा र्याली निकालेको छ।

भद्रकालीबाट शुरू भएको र्याली दरबारमार्ग पुगेर सभामा परिणत हुँदैछ। पञ्चेबाजासहित शुरू भएको र्यालीमा सहभागीहरूले सरकारको समर्थनमा विभिन्न नाराबाजी गरिरहेका छन्।

एमालेसहित अन्य तीन पक्षको काठमाडौंमा एकैपटक प्रदर्शन हुँदा ट्राफिक व्यवस्थापन पनि अस्तव्यस्त बनेको छ। जसकारण बिरामी बोकेका एम्बुलेन्स लामो समयदेखि जाममा बस्न बाध्य भए।

एमाले काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा सभा आयोजना गरेको हो। जसलाई एमालेले ‘जागरण सभा’ नाम दिएको छ।

कार्यक्रमलाई दिउँसो साढे १ बजे एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली,महासचिव शंकर पोखरेल लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।

एमालेले एक लाख मानिस उतार्ने दाबी गरेको भए पनि र्यालीमा १० हजार भन्दा धेरै मानिस देखिएका छैनन्। 

मंसिर ७, २०८१ शुक्रबार १३:१८:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।