टिभिएसको इलेक्ट्रिक स्कुर ‘आईक्युब’ सार्वजनिक, कति पर्छ मूल्य?

टिभिएसको इलेक्ट्रिक स्कुर ‘आईक्युब’ सार्वजनिक, कति पर्छ मूल्य?

काठमाडौं : नेपालको लागि टिभिएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो इलेक्ट्रिक स्कुटर टिभिएस आइक्युबको २.२ किलोवाट-आवर भेरिएन्ट सार्वजनिक गरेको छ।

काठमाडौंमा एका कार्यक्रमका बीच कम्पनीले स्कुटर सार्वजनिक गरेको हो। यस नयाँ भेरिएन्टको आगमनसँगै अब नेपालमा टिभिएस आईक्युबका ३ वटा भेरिएन्टहरू ६ आकर्षक रङहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार पावर अफ चोइस अन्तर्गत स्कुटरले ग्राहकहरूलाई विभिन्न रेन्ज, चार्जिङ र प्राइस अप्सनहरू रहेका छन्। त्यसगरी स्कुटरमा भएको पूर्ण एसुरेन्स अन्तर्गत सवारी सुरक्षा र फुल ओनरशिप अनुभव रहेको छ भने प्रयोगमा सहजता अन्तर्गत सजिलै प्रयोग गर्न सकिने फिचरहरू रहेको कम्पनीले जनाएको छ।

स्कुटर सार्वजनिक कार्यक्रममा टिभिएस मोटर कम्पनीका ईभी इन्टरनेशनल बिजनेसका भाइस प्रेसिडेन्ट मधु प्रकाश सिंहले विश्वभरि ४ लाखभन्दा बढी ग्राहकहरूले टिभिएस आईक्युब ब्रान्डलाई रोजेको भन्दै यसले उत्कृष्ट ईभी अनुभव दिने दाबी गरे। नयाँ आईक्युब २.२ किलोवाट-आवर भेरिएन्ट दुई घण्टामा फूल चार्ज हुने सिंहले बताए।

जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले टिभिएस आईक्युब २.२ किलोवाट-आवर भेरिएन्टको प्रवेशले नेपाली दुई पाङ्ग्रे ईभी क्षेत्रमा आएको परिर्वतनमा अझ गति थप्ने विश्वास व्यक्त गरे।

७५ किमी प्रतिघण्टाको टप स्पिडमा कुद्न सक्ने स्कुटरको रेन्ज भने कम्पनीले सार्वजनिक गरेको छैन। कम्पनीले स्कुटरको मूल्य दुई लाख ९९ हजार नौ सय ९० रुपैयाँमा उपलब्ध हुनेछ।

नयाँ टिभिएस आईक्युब २.२ किलोवाट-आवर भेरिएन्टको बुकिङ आजदेखि टिभिएस नेपालको वेबसाइटमा तथा काठमाडौंभरका टिभिएसका ४० वटा आधिकारिक डिलरहरूमा उपलब्ध भएको छ।

मंसिर ७, २०८१ शुक्रबार ०९:४१:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।