गौतम अडानी अमेरिकी अदालतमा ठगी मुद्दा दर्ता, बोल्यो ह्वाइट हाउस

एजेन्सी : अमेरिकी न्याय विभागले भारतका दोस्रो धनी व्यक्ति गौतम अडानीविरुद्ध घुसखोरी र ठगीको मुद्दा दायर गरेको छ।
अदानी र उनका सात सहयोगीविरुद्ध न्युयोर्कको अदालतमा आरोपपत्र दायर गरिएको छ। अब यस विषयमा ह्वाइट हाउसको बयान आएको छ।
ह्वाइट हाउसका प्रेस सेक्रेटरी करेन जीन पियरेले यी आरोपहरूका बारेमा आफूहरू सचेत भएको भन्दै अमेरिकी सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसन र न्याय विभागले यी आरोपहरूका बारेमा थप जानकारी दिने बताइन्।
प्रवक्तालाई गौतम अडानीमाथि लागेको आरोपका कारण दुई देशबीचको सम्बन्धमा हानि पुग्छ कि भनेर सोधिएको थियो।
यसको जवाफमा प्रवक्ताले भारत र अमेरिकाबीचको सम्बन्ध निकै बलियो आधारमा रहेको बताइन्।
मंसिर ७, २०८१ शुक्रबार ०९:२३:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।