नि:शुल्क सवारी पार्किङका लागि काठमाडौं प्लाजा खुला

नि:शुल्क सवारी पार्किङका लागि काठमाडौं प्लाजा खुला

काठमाडौं : काठमाडौं महानगरपालिकाले शुक्रबारदेखि हरेक साँझ साढे ५ बजेदेखि राति ११ बजेसम्म काठमाडौं प्लाजा सवारी पार्किङका लागि निःशुल्क उपलब्ध गराउने भएको छ।

महानगरपालिकाले  दुई पाङ्ग्रे र ४ पाङ्ग्रे दुवै खालका सवारी साधनका लागि निःशुल्क पार्किङ उपलब्ध गराउने जानकारी सार्वजनिक सूचनामार्फत गराएको हो।

यो सुविधा पछि कमलादी, पुतलीसडक, दरबार मार्ग, हात्तीसार, कमलपोखरीलगायत स्थानको यातायात आवागमन र पार्किङका लागि  सहज हुने महानगरको विश्वास छ।

महानगरको प्रशासन विभाग प्रमुख ध्रुवकुमार काफ्लेका अनुसार दुई पाङ्ग्रे र चार पाङ्ग्रे दुवै खालका सवारी साधनका लागि हो।

साथै पार्किङ् व्यवस्थापन महानगर प्रहरी बलले गर्ने महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले बताए।

मंसिर ७, २०८१ शुक्रबार ०८:१५:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।