डिआइजी केदार र बुद्धिराज एआइजीमा बढुवा
काठमाडौँ : नेपाल प्रहरीमा रिक्त रहेको एआइजीको दुई पदमा बुद्धिराज गुरुङ र केदार ढकाल नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले डीआईजीद्वय गुरुङ र ढकालको नियुक्तिको निर्णय गरेको हो।
कार्तिक १४ गते बसेको बढुवा सिफारिस समितिको बैठकले रिक्त रहेको पदमा गुरुङ र ढकाललाई बढुवा गर्न सिफारिस गरेको थियो। एआइजी मन्त्रीपरिषद्ले नियुक्त गर्छ।
बिहीबार बढुवा भएका गुरुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत छन् भने ढकाल प्रहरी प्रधान कार्यालयमा रहेको प्रशासन विभागमा कार्यरत छन्।
मंसिर ६, २०८१ बिहीबार २२:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।