मन्त्रीपरिषद् बैठक : प्रमुख सूचना आयुक्तमा सुरेशको नियुक्ति, श्रीलङ्काको राजदूतमा पूर्णबहादुरको नाम सिफारिस

मन्त्रीपरिषद् बैठक : प्रमुख सूचना आयुक्तमा सुरेशको नियुक्ति, श्रीलङ्काको राजदूतमा पूर्णबहादुरको नाम सिफारिस

काठमाडौँ : सरकारले राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष डा सुरेश आचार्यलाई  नियुक्त गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रमुख सूचना आयुक्तमा आचार्य, र सूचना आयुक्तहरूमा गगन विष्ट र दुर्गा भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको हो।

बिहीबारकै मन्त्रिपरिषद्को बैठकले श्रीलङ्कामा रिक्त रहेको राजदूतमा कपिलवस्तुका पूर्णबहादुर नेपालीलाई सिफारिस गर्ने निर्णय समेत गरेको हो।  

मालदिभ्स लागि गैरआवासीय राजदूतसहित रहने गरी मन्त्रीपरिषद्ले निर्णय गरेर अब उनको नाम अनुमोदनका लागि संसदीय सुनुवाइ समितिमा पठाउने छ। समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले उनलाई राजदूतमा नियुक्त गर्नेछन्।

मंसिर ६, २०८१ बिहीबार २२:४३:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।