चीनमा भएको इन्टरनेट सम्मेलनमा स्मार्ट रोबोट कुकुरले खिच्यो ध्यान

चीनमा भएको इन्टरनेट सम्मेलनमा स्मार्ट रोबोट कुकुरले खिच्यो ध्यान

एजेन्सी : पूर्वी चीनको झेजियाङ प्रान्तको वुजेनमा सुरू भएको विश्व इन्टरनेट सम्मेलनमा रोबोट कुकुर, मानवरहित जहाज र सवारी साधनहरूले सहभागिहरूलाई आकर्षित गराएको छ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा केन्द्रीत सम्मेलन एआई क्षेत्रको प्राविधिक र औद्योगिक विकासहरूमा धेरै ध्यान केन्द्रित पनि गरेको छ। विशेषगरी स्मार्ट रोबोट कुकुरले धेरैको ध्यान खिचेको छ। 

टाउकोमा जडान गरिएको क्यामेराको सहारा लिएर रोबोट कुकुरले देखाएको प्रदर्शनी निकै रोचक मानिएको छ। प्रहरीकै रुपमा २४ घन्टा गस्ती गर्न सक्ने बताइएको रोबोटका कारण सम्मेलन थप प्रभावकारी बनेको छ। 

सम्मेलनमा ग्लोबल डेभलपमेन्ट इनीसीएटीभ, डीजीटल अर्थतन्त्र, एआई टेक्नोलोजिकल इनोभेसन र गभर्नेन्स जस्ता विषयमा छलफल गरिरहेको छ। -(सीसीटीभी प्लस)

मंसिर ६, २०८१ बिहीबार २१:५१:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।