ललितपुरमा शुरू भयो फिल्म साउथ एसिया महोत्सव

ललितपुरमा शुरू भयो फिल्म साउथ एसिया महोत्सव

काठमाडौं : ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा बिहीबारदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण शुरू भएको छ। ललितपुरको यलमाया केन्द्रमा शुरू भएको महोत्सव आइतबारसम्म चल्नेछ। 

महोत्सवमा विभिन्न देशका ४७ वटा लघु चलचित्र र वृत्तचित्र प्रदर्शन गरिनेछ। नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलंकालगायतका ९ देशका चलचित्र महोत्सवमा प्रदर्शन हुनेछ।  

यो वर्ष वेस्ट फिल्म इन द क्लाइमेट क्राइसिस अवार्ड थप गरिएको छ। त्यसैगरी उत्कृष्ट चलचित्र, जुरी अवार्ड, उत्कृष्ट स्टुडेन्ट चलचित्र, उत्कृष्ट डेब्यु चलचित्र ,उत्कृष्ट फिल्म इन द क्लाइमेट क्राइसिस अवार्डको लागि प्रतिस्पर्धा हुनेछ। 
 
महोत्सवको पहिलो दिन बिहीबार तीनवटा हलमा विद्यार्थीहरूद्वारा सिर्जित सात लघु चलचित्र प्रदर्शन गरिएको छ। 

मंसिर ६, २०८१ बिहीबार २०:४५:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।