२० तस्बिरमा हेर्नुहोस्, ङतभुलु अजिमाको देवीनाच

२० तस्बिरमा हेर्नुहोस्, ङतभुलु अजिमाको देवीनाच
तस्बिर : कृष्पा श्रेष्ठ/उकेरा

काठमाडौं : काठमाडौंको वसन्तपुर कालभैरवको डबलीमा ङतभुलु अजिमा अर्थात् नरदेवी श्वेतकालीमाई को नाच सुरू भएको छ। लिच्छविकालदेखि नचाइँदै आएको १२ वर्षे ङतभुलु अजिमाको नाच भोलि राति र पर्सी बिहान पनि वसन्तपुरका विभिन्न डबलीहरूमा देखाइन्छ।

ङतभुलु अजिमा भनिने नरदेवीले सबैको रक्षा गर्ने र असत्यमाथि जित्ने विश्वासका साथ नाच आयोजना हुँदै आएको छ। नाचमा कुमारी, भैरव, बाराही, गणेश, महालक्ष्मी, नारायणी, इन्द्रायणी, रूद्रायणी, ब्रह्मायणी, सिंघनी, ब्याध्रिनी, करूणामय, महाद्यः, चण्डेश्वरी, कुमार, दैत्य, ध्वं र खिचा जस्ता देव र दैत्यका भूमिकामा देवदेवीहरू थिए। 

नरदेवीको स्थापना गुणकामदेवको पालामा भएको मानिन्छ। देवीनाच पर्व भने अमर मल्लको पालामा शुभारम्भ भएको देखिन्छ। यिनै देवीले जगत उद्धारका निम्ति शक्तिस्वरूपाको दर्शन दिएको महान दिनका रूपमा हरेक वर्ष पाहाँचह्रेका दिन नरदेवीस्थित देवीको डबलीमा देवीनाच प्रदर्शन गरिने परम्परा छ। जसमा अजिमाको तन्त्र मन्त्रले कुमारी प्रेमी दैत्यको वध गर्न सफल हुन्छ।  

मंसिर ६, २०८१ बिहीबार २०:२९:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।