इजरायलका प्रधानमन्त्री नेतान्याहूविरूद्ध आईसीसीको पक्राउ पुर्जी जारी, तर तत्कालै पक्राउ पर्ने छैनन्
एजेन्सी : अन्तर्राष्ट्रिय फौजदारी अदालतले इजरायल र हमासका नेताहरूविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ।
इन्टरनेशनल क्रिमिनल कोर्ट (आईसीसी) का न्यायाधीशहरूले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्व रक्षामन्त्री योभ गालान्तका साथै हमासका सैन्य कमाण्डरका लागि गिरफ्तारी वारेन्ट जारी गरेका हो।
आईसीसीको अधिकार क्षेत्रमाथि इजरायलको चुनौतीलाई खारेज गर्दै नेतन्याहू र गालन्टलाई वारेन्ट जारी गरेको आईसीसीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
आइसिसीले पक्राउ पुर्जी जारी गरेको भएपनि यसले उनीहरूलाई तत्कालै पक्राउ गर्न भने सक्दैन। यसको आफ्नै प्रहरी नभएको हुँदा यसले कसैलाई पक्राउ गर्न भने सक्दैन। तर, यसको सदस्य भएका राष्ट्रका प्रहरीले भने पक्राउ गर्न सक्छ। तर, इजरायल भने यसको सदस्य छैन।
त्यस्तै, हमासका नेता मोहम्मद देइफका लागि पनि वारेन्ट जारी गरिएको छ। तर, इजरायली सेनाले जुलाईमा गाजामा गरेको हवाई आक्रमणमा उनको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका थिए।
योसँगै आईसीसीका १२४ सदस्य राष्ट्रहरूले यो निर्णयबारे आफ्नो सहमति/असहमति जाहेर गर्नेछन्।
हमास नेताहरूलाई मानवता विरुद्धका अपराध र युद्ध अपराधहरूको आरोप छ भने इजरायलका नेताहरूलाई नागरिकहरूमाथि जानबुझी आक्रमण गर्ने लगायतका आरोप लाग्ने गरेको छ।
मंसिर ६, २०८१ बिहीबार १९:२४:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।