नेकपा बहुमतका कार्यकर्ताले चर्को मिटर ब्याज असुलेको भन्दै एक व्यवसायीलाई चक्कु हाने

नेकपा बहुमतका कार्यकर्ताले चर्को मिटर ब्याज असुलेको भन्दै एक व्यवसायीलाई चक्कु हाने

काठमाडौं : नेकपा बहुमतका कार्यकर्ताले चर्को मिटर ब्याज असुलेको भन्दै दाङका एक व्यवसायीमाथि आक्रमण गरेका छन्।

बिहीबार बिहान घोराहीको बीपी चोकस्थित सञ्जिवनी कलेजका शिक्षकसँग ऋण असुल्न गएका बेला नेकपा बहुमतका कार्यकर्ताले धनबहादुर बस्नेतको नाकमा चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ।

घाइते बस्नेत राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार गराएर घर फर्किसकेका छन्। 

आक्रमणमा संलग्न नेकपा बहुमतका कार्यकर्ता फरार रहेका र खोजी भइरहेको दाङ प्रहरी प्रमुख अर्जुन तिमिल्सेनाले जानकारी दिए।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट छुट्टिएर धमेन्द्र वास्तोला नेतृत्वमा बनेको नेकपा बहुमतका कार्यकर्ताले यसअघि पनि अर्का मिटरब्याजी दुर्गाप्रसाद पन्तलाई कालोमोसो दलेका थिए।

मंसिर ६, २०८१ बिहीबार १६:३४:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।