आफूलाई टुनामुना लगाएर बिरामी पारेको भन्दै एक पुरूषको हत्या, भाइ नाता पर्ने आरोपी पक्राउ

आफूलाई टुनामुना लगाएर बिरामी पारेको भन्दै एक पुरूषको हत्या, भाइ नाता पर्ने आरोपी पक्राउ

काठमाडौं : दैलेखमा बोक्सीको आरोपमा एक जना पुरूषको हत्या गरिएको छ।

दुल्लू नगरपालिका-१३ मालिकाको खडिकाधाराका ५६ वर्षीय कर्णबहादुर कामीको हँसिया प्रहार गरी हत्या गरिएको दैलेख प्रहरीले जनाएको छ।

कामीलाई हत्या गरेको आरोपमा भाइ नाता पर्ने ४३ वर्षीय भुवनसिंह विकलाई प्रहरीले पक्राउ गरेको छ।

बुधबार बेलुका साढे ५ बजेतिर उनले कर्णबहादुरमाथि हँसिया प्रहार गरेका थिए। हँसिया प्रहारपछि गम्भीर घाइते भएका कर्णबहादुरलाई उपचारका लागि दुल्लु अस्पताल लगिएको थियो। 

तर, उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको दैलेखका प्रहरी प्रमुख डिएसपी सुनिल दाहालले जानकारी दिए।

प्रारम्भिक सोधपुछका क्रममा धामीसमेत रहेका कर्णबहादुरले आफूमाथि ‘टुनामुना’ लगाएर बिरामी पारेको भन्दै हँसिया प्रहार गरेको बुझिएको डिएसपी दाहालले जानकारी दिए। 

मंसिर ६, २०८१ बिहीबार १६:१९:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।