राष्ट्रपति पौडेलले भारतीय सेना अध्यक्ष द्विवेदीलाई मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्रदान गरे

राष्ट्रपति पौडेलले भारतीय सेना अध्यक्ष द्विवेदीलाई मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्रदान गरे

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी प्रदान गरेका छन्।

राष्ट्रपति निवास शीतलनिवासमा आयोजित समारोहकाबीच सेना प्रमुख द्विवेदीलाई राष्ट्रपति पौडेलले उक्त दर्ज्यानी चिन्ह तथा खड्ग प्रदान गरेका हुन्। राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपतिसमेत हुन्। 

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षा मन्त्री मानवीर राईलगायत विशिष्टहरूको उपस्थिति रहेको थियो।

भारतीय स्थल सेनाका सेनाध्यक्ष द्विवेदी बुधबार नेपाल आएका हुन्।

नेपाल-भारतबीचको सैनिक सम्बन्धको निरन्तरता स्वरूप दुवै देशले दुवै देशका प्रधानसेनापतिलाई मानार्थ सेनापतिको दर्जा प्रदान गर्ने परम्परा छ।  

मंसिर ६, २०८१ बिहीबार १५:४६:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।