नमस्ते पे मार्फत नेपाल टेलिकम र एनसेल सेवाहरूमा १५० रुपैयाँसम्मको आकर्षक क्यासब्याक
काठमाडौं : नमस्ते पेले आफ्ना प्रयोगकर्ताहरूलाई नेपाल टेलिकम सेवाहरू र एनसेल रिचार्जमा आकर्षक क्यासब्याकको नयाँ अफर शुरू गरेको छ। यो अफर ४ मंसिर २०८१ देखि ३० माघ २०८१ सम्म मान्य हुनेछ।
यस अफर अन्तर्गत, नेपाल टेलिकमका सेवाहरू जस्तै रिचार्ज, ल्यान्डलाइन, एफटीटीएच, र एडिएसएलको बिल भुक्तानी तथा एन्सेल रिचार्ज गर्दा नमस्ते पे प्रयोगकर्ताहरूले २ प्रतिशत क्यासब्याक प्राप्त गर्न सक्नेछन्।
त्यसैगरी, ‘फ्राइडे फ्ल्यास अफर’ अन्तर्गत, प्रत्येक शुक्रबार निश्चित समय अवधिका लागि प्रयोगकर्ताहरूले नेपाल टेलिकम र एनसेल रिचार्ज गर्दा ५ प्रतिशत (अधिकतम २० रुपैयाँसम्म) क्यासब्याक प्राप्त गर्न सक्छन्।
साथै, नेपाल टेलिकमका एफटीटीएच र ल्यान्डलाइन सेवा भुक्तानी गर्दा ४ प्रतिशत (अधिकतम १५० रुपैयाँसम्म)को क्यासब्याक प्राप्त गर्न सकिन्छ। क्यासब्याक प्राप्त गर्न प्रयोगकर्ताहरूले प्रोमोकोड प्रयोग गर्नुपर्दैन।
नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड द्वारा शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो।
आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ।
जस अनुरुप *500# डायल गरेर नमस्ते पे प्रयोगकर्ताहरूले अफलाइन सेवाहरूको फाइदा लिन सक्दछन्। रिचार्ज, बिल भुक्तानी, पैसा थप्नुहोस्, पैसा पठाउनुहोस्, व्यापारी भुक्तानी जस्ता सेवाहरू अफलाइन उपलब्ध छन्। नेपाल टेलिकमको सिम भएका प्रयोगकर्ताहरूले अफलाइन सेवाहरू प्रयोग गर्न सक्दछन्।
मंसिर ६, २०८१ बिहीबार १३:४७:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।