सिरिज जित्न कर्नाटकले नेपाल यू१९ टोलीलाई दियो १९२ रनको लक्ष्य
काठमाडौं : एसीसी मेन्स यू१९ एसिया कपको तयारीमा रहेको नेपाल यू१९ पुरुष क्रिकेट टोलीलाई कर्नाटकले १९२ रनको लक्ष्य दिएको छ।
टियु क्रिकेट मैदानमा चलिरहेको पाँचौ तथा निर्णायक खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्नाटकले ५० ओभरमा अलआउट हुँदै १ सय ९१ रन जोड्यो।
कर्नाटकले सिरिजमा पहिलो पटक पूरा ५० ओभर खेलेको हो। टोलीका लागि कप्तान रोहितले सर्वाधिक ४१ रन जोडे। अलराउन्डर इसा पुथिगेले ५६ बलमा नटआउट ३८ रन जोड्दै मध्यम स्कोरसम्म पुर्याए।
त्यसअघि ओपनर गगन रावले ३४ रन जोडेका थिए। इनिङको दोस्रो बलमै प्रतिकलाई नेपालका कप्तान हेमन्त धामीले बोल्ड गरेका थिए। त्यसपछि ऋषभ पाँचौ ओभरमा हेमन्तको एलबीडब्लु शिकार बने।
गगन र शिवले ४२ रनको साझेदारी गर्दै इनिङ सम्हाले। नेपालका लागि नरेन साउदले २ विकेट लिँदै खेलमा फर्काए। त्यसपछि रोहित र इसाले रन जोड्दै मध्यम स्कोरसम्म पुर्याए। समग्रमा हेमन्तले ३ विकेट लिँदा अभिषेक तिवारी, नरेन सुद र युवराज खत्रीले २-२ विकेट लिए।
सिरिज २-२ को अवस्थामा रहेकोले आजको खेल जित्नेले सिरिज पनि जित्नेछ।
मंसिर ६, २०८१ बिहीबार १३:०५:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।