सुनको मूल्य बढ्दा चाँदी स्थिर
काठमाडौं : नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको हो।
बुधबार तोलाको १ लाख ६३ हजार रूपैयाँमा कारोबार भएको सुन आज १ लाख ६४ हजार रुपैयाँमा कारोवार भैइरहेको छ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ।
बुधबार १ हजार ९ सय ५० रुपैयाँमा कारोवार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भैइरहेको महासंघले जनाएको छ।
मंसिर ६, २०८१ बिहीबार ११:३४:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।