अवैध आप्रवासीको सम्बन्धमा टेक्सास राज्यका अधिकारीहरूले राष्ट्रपति ट्रम्पसमक्ष राखे यस्तो प्रस्ताव

अवैध आप्रवासीको सम्बन्धमा टेक्सास राज्यका अधिकारीहरूले राष्ट्रपति ट्रम्पसमक्ष राखे यस्तो प्रस्ताव

एजेन्सी : अमेरिकाको टेक्सास राज्यका अधिकारीहरूले नवनियुक्त राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अवैध आप्रवासीहरूलाई बस्नका लागि जग्गा उपलब्ध गराउने प्रस्ताव गरेका छन्।

अधिकारीहरूका अनुसार उनीहरूले अमेरिका-मेक्सिको सिमानामा अवैध आप्रवासीहरूलाई शिविर निर्माण गर्न करिब १४०० एकड जमिन दिने प्रस्ताव गरेका हुन्।

टेक्सास ल्यान्ड डिपार्टमेन्टका एक अधिकारीको पत्र अनुसार, ‘अमेरिकाको इतिहासमा हिंसात्मक अपराधीहरूलाई निर्वासन, अभियोग चलाउन वा हिरासतमा राख्न यस भूमिमा क्याम्प बनाउन सकिन्छ।’

डोनाल्ड ट्रम्पले जनवरी २० मा दोस्रो पटक अमेरिकी राष्ट्रपतिको रूपमा पदभार ग्रहण गर्नेछन्। ट्रम्पले अवैध आप्रवासीलाई लिएर कडा नीति अपनाउने कुरा यसअघि नै गरिसकेका छन्।

मंसिर ६, २०८१ बिहीबार ०९:१०:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।