काठमाडौंको ज्ञानेश्वरमा महालक्ष्मी विकास बैंकको कार्यालय भवन बन्दै, गरियो भूमि पूजा
काठमाडौं : महालक्ष्मी विकास बैंकले काठमाडौंको ज्ञानेश्वरमा आफ्नो कार्यालय भवन निर्माणको भूमि पूजा गरेको छ।
आगामी नौ महिनाभित्र निर्माण सम्पन गर्ने लक्ष्यका साथ कार्यालय भवनको भूमि पूजा गरिएको बैंकले एक विज्ञप्तिमार्फत जनाएको छ।
नेपाली बैंकिङ क्षेत्र डिजिटल युगतर्फ अग्रसर भइइरहेको सन्दर्भमा उक्त कार्यालय डिजिटल हबका रूपमा सञ्चालनमा ल्याइने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
भवनमा अत्याधुनिक प्रविधिमैत्री शाखा रहने तथा साथै कार्यप्रवाहलाई डिजिटल प्रविधिको अधिकत्तम उपयोग गरी थप प्रभावकारी बनाई सेवाग्राहीलाई आधुनिक, सहज र सरल सेवा प्रदान गरिने बैंकको दाबी छ।
कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायबाट भूमि पूजन कार्यक्रम भयो। कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत लगायतका उच्च व्यवस्थापन समितिका पदाधिकारीहरू र बैंक कर्मचारीहरूको उपस्थिति रहेको थियो।
बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ।
मंसिर ६, २०८१ बिहीबार ०८:१०:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।