अमेरिकापछि स्पेनले पनि बन्द गर्यो युक्रेनको दूतावास
एजेन्सी : स्पेनले युक्रेनको राजधानी किभमा रहेको आफ्नो दूतावास बन्द गरेको घोषणा गरेको छ।
यसअघि अमेरिकाले पनि किभमा रहेको आफ्नो दूतावास अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको थियो।
किभमा हवाई हमलाको खतरालाई मध्यनजर गर्दै स्पेन र अमेरिका दुवैले आफ्ना दूतावास बन्द गर्ने निर्णय गरेका छन्।
समाचार एजेन्सी ईएफईका अनुसार स्पेनको दूतावासले सम्पूर्ण युक्रेनमा हवाई आक्रमणको बढ्दो खतरालाई ध्यानमा राख्दै दूतावासको काम तत्कालका लागि बन्द रहने जनाएको छ।
दूतावासले युक्रेनमा रहेका स्पेनी नागरिकलाई पत्र पठाएको छ। पठाइएको मेलमा नागरिकलाई सुरक्षित स्थानमा जान र स्थानीय प्रशासनको निर्देशन पालना गर्न भनिएको छ।
इटाली र ग्रीसले पनि कीभमा हवाई आक्रमणको डरले काम रोक्ने निर्णय गरेका छन्।
मंसिर ६, २०८१ बिहीबार ०७:३७:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।