रूसले युक्रेनको सिमानामा ५० वटा ड्रोन खसाल्यो

रूसले युक्रेनको सिमानामा ५० वटा ड्रोन खसाल्यो

एजेन्सी : रूसले शुक्रबार र बुधबार गरी युक्रेनको सिमानामा ५० वटा ड्रोन खसालेको दाबी गरेको छ।  

रूसी रक्षा मन्त्रालयको एक विज्ञप्ति जारी गरी रूसी सुरक्षा प्रणालीले ४४ वटा युक्रेनी ड्रोनहरू नष्ट गरेको जनाएको छ।

मन्त्रालयका अनुसार अधिकांश ड्रोनलाई नोभगोरोड क्षेत्रमा नष्ट गरेको थियो भने अन्य ड्रोनहरू कुर्स्क, बेलगोरोड र ब्रिन्स्कका साथै मस्को क्षेत्रमा नष्ट गरिएको थियो।

यसबाहेक, क्षेत्रीय गभर्नर व्याचेस्लाभ फेडोरिस्चेभले अनुसार बुधबार बिहान समारामा छ वटा युक्रेनी ड्रोनहरू खसालेको बताए।  

ड्रोन आक्रमणले कुनै चोटपटक वा क्षति नपुर्याएको उहाँले टेलिग्राम मार्फत उल्लेख गरेका छन्।
  
पछिल्लो समयमा रूसले लगभग हरेक दिन आफ्नो क्षेत्रमा प्रहार गरिएका युक्रेनी ड्रोनहरू नष्ट गरेको घोषणा गर्दै आएको छ।  

यसैगरी किभले ऊर्जा केन्द्रलाई लाई लक्षित गरी गरिएका आक्रमण र विष्फोटको प्रतिक्रियामा ड्रोन आक्रमण गर्न बाध्य भएको जनाएको छ। 

मंसिर ४, २०८१ बुधबार १९:३६:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।