अन्डरवर्ल्डको नेपाल एजेन्ट भन्दै धम्काएर पैसा मागेको आरोपमा चिकित्सक पक्राउ

अन्डरवर्ल्डको नेपाल एजेन्ट भन्दै धम्काएर पैसा मागेको आरोपमा चिकित्सक पक्राउ

काठमाडौँ : अन्डरवर्ल्ड नेटवर्कको एजेन्ट भन्दै धम्क्याएर रकम मागेको आरोपमा चिकित्सक आशिष दाहाल पक्राउ परेका छन्। भोजपुरका उनी ललितपुरमा बस्दै आएका थिए। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनी एमबिबिएसका चिकित्सक हुन्।

प्रहरीले उनीमाथि ह्वाट्स एपमार्फत आफूलाई आपराधिक गिरोहको अन्डरकभर एजेन्ट भएको दाबी गर्दै फोन गरेर मागेको पैसा नदिए भारतीय कनट्र्याक्ट किलर पठाएर हत्या गर्ने धम्की दिएको आरोप लगाएको छ।

दाहालले ह्वाट्सएपबाट कल गरेर २ लाख रुपैयाँसम्म माग्ने गरेका थिए। प्रहरीले सूचना पाएपछि दाहाललाई शंखमुलबाट बुधवार पक्राउ गरेको थियो।

पछिल्लो समय नेपालमा ब्यवसायीहरुलाई भारतमा जेलबाटै आतङ्क मच्चाइरहेका लरेन्स विश्नोईको व्यक्ति भएको भन्दै दुबई लगायतका स्थानबाट फोन गरेर पैसा माग्ने क्रम समेत बढेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा यस्तो गुनासो गर्दै चार जनाको जाहेरी नै परेको छ।

मंसिर ५, २०८१ बुधबार १९:३१:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।