एकअर्काको लागि गहिरो प्रेम हुँदा-हुँदै पनि सम्बन्धमा तनाव रहेको देखाउँदै एआर रहमान र सायराले गरे डिभोर्स

एकअर्काको लागि गहिरो प्रेम हुँदा-हुँदै पनि सम्बन्धमा तनाव रहेको देखाउँदै एआर रहमान र सायराले गरे डिभोर्स

काठमाडौं : विवाहको २९ वर्षपछि ओस्कार अवार्ड विजेता भारतीय संगीतकार एआर रहमान र सायराले सम्बन्ध विच्छेद गरेका छन्।

साइराकी वकिल वन्दना शाहले विज्ञप्ति जारी गर्दै दम्पतीको सम्बन्धविच्छेदको घोषणासहित गोपनीयताको माग गरेकी छिन्।

सायराका अनुसार उनीहरूको सम्बन्ध निकै कष्टकर अवस्थाबाट गुज्रिरहेको थियो। जसलाई सम्हाल्न उनलाई मुस्किल भइरहेको थियो। जसका कारण उनले सम्बन्ध तोड्ने निर्णय लिएकी छन्। 

सायराले यो लामो समय सोच विचार गरेर लिएको निर्णय हो। उनले प्रेस रिलिजमा आफ्नो सम्बन्ध बचाउन नसक्ने बताएकी छन्।

'विवाहको धेरै वर्षपछि श्रीमती सायराले आफ्नो श्रीमान एआर रहमानसँग अलग हुने निर्णय लिएकी छन्। यो निर्णय उनीहरूको सम्बन्धमा महत्वपूर्ण भावनात्मक तनावपछि आएको हो। एक अर्काप्रति गहिरो माया हुँदा पनि तनाव र कठिनाइले यस्तो खाल्डो पैदा भयो जसमा कुनै पक्ष सुधार देखिएन। श्रीमति सायराले दुख र पीडाका कारण यो निर्णय लिएकी हुन्,' प्रेस विज्ञप्तिमा लेखिएको छ। 

सायराको यो विज्ञप्ति आएपछि रहमानले पनि डिभोर्स भएको पुष्टि गरेका छन्। रहमानले सामाजिक सञ्जालमा शेयर गरेको नोटमा भनिएको छ, 'विवाहको धेरै वर्षपछि श्रीमती सायरा र उनका पति श्री एआर रहमानले एकअर्काबाट अलग हुने कठिन निर्णय लिएका छन्। यो निर्णय उनीहरूको सम्बन्धमा महत्वपूर्ण भावनात्मक तनावपछि आएको हो।'

वकिलको भनाइ बाहिर आएपछि एआर रहमानले सामाजिक सञ्जालमा डिभोर्सको घोषणा पनि गरेका हुन्।

रहमानको विज्ञप्तिमा अगाडि भनिएको छ, 'एकअर्काको लागि गहिरो प्रेमको बाबजुद दम्पतीले तनाव र कठिनाइहरूले उनीहरूको बीचमा खाडल सिर्जना गरेको छ जुन यस समयमा पुर्न सक्षम छैन भन्ने पत्ता लगाए।' 

एआर रहमान र सायराको विवाह १९९५ मा भएको थियो। उनीहरूको तीन बच्चा खतीजा, रहीमा र आमीन छन्। 

मंसिर ४, २०८१ बुधबार १६:३०:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।