कांग्रेस-एमालेका साझा उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि माओवादी निर्विरोध
काठमाडौँ : नेपाली कांग्रेस र एमालेका साझा उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि रुकुम (पूर्वी भाग) को पुथा उत्तरगंगा–२ को वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधवार माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएको घोषणा गर्यो।
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२ का वडाध्यक्षमा कांग्रेस एमालेका साझा उम्मेदवार जीवन रोकाले उम्मेदवारी फिर्ता लिएका थिए।
उनले उम्मेदवारी फिर्ता लिएपछि घर्ती निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरियो। एमालेले उम्मेदवारी फिर्ताको निर्णय पार्टीको नीति विपरीत रहेको प्रतिक्रिया दिएको छ।
मंसिर ५, २०८१ बुधबार १४:५९:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।