दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

बुधबार जिल्ला अदालत काठमाडौंले उनलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो।  साइबर अपराधको आरोपमा पक्राउ परेका प्रसाईंलाई म्याद थप्न जिल्ला अदालत काठमाडौं लगिएको थियो।

विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार अनुसन्धान गर्न प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो। यता प्रसाईंमाथि अनुसन्धान गर्न सीआईबीले साइबर ब्यूरोमा पठाएको थियो।

कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ३२ अर्ब लगानी गरेको भन्दै भिडिओ कलमार्फत् कसैले देखाएको ‘प्रमाण’लाई प्रसाईंले सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए। 

सम्बन्धित समाचार

मंसिर ५, २०८१ बुधबार १३:५७:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।