‘मनलाई जिते जित’ पुस्तकको लोकार्पण सम्पन्न
काठमाडौं : काठमाडौंको कमलपोखरीस्थित जैन भवनको आचार्य श्री महाश्रमण सभाकक्षमा एक विशेष समारोह बीच ‘मनलाई जिते जित’ पुस्तकको लोकार्पण सम्पन्न भएको छ।
ग्रन्थकार आचार्य श्री महाप्रज्ञको धर्म परम्पराका सन्त तथा पे्रक्षा ध्यान साधक मुनि रमेश कुमारको पुस्तकलाई समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरूले लोकार्पण गरेका थिए।
लोकार्पण समारोहलाई स्वागत मन्तव्य दिंदै ‘मनलाई जिते जित’ पुस्तकका प्रकाशक शेखर गोल्छाले पुस्तक एक आध्यात्मिक ग्रन्थ भएको बताए। ग्रन्थका प्रवचनकार अध्यात्म दर्शनका विशिष्ट विद्वान, महान दार्शनिक, ध्यानयोगी, लेखक र विचारक तेरापन्थ धर्म संघका महान आचार्य भएको उनको भनाइ छ।
‘मनलाई जिते जित’ मा आचार्य श्रीद्वारा ध्यान शिविरमा सहभागी साधक साधिकाहरूको लागि दिईएका प्रवचनहरू समावेश छन्। ‘मनलाई जिते जित’ उनका पुस्तक श्रृङ्खलामध्येको अग्रज ग्रन्थ भएको गोल्छा बताउँछन्।
अद्भूत प्रवचनहरूको सङ्गालोको रूपमा यी पुस्तकहरूको सम्पादन सुविज्ञ मुनिहरूद्वारा गरिएको हो। हिन्दी भाषा लगायतमा भाषामा यो ग्रन्थको २०औँ संस्करण प्रकाशित भइसकेका छन्।
मंसिर ५, २०८१ बुधबार १३:१५:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।