सुनको मूल्य नौ सयले बढ्यो

सुनको मूल्य नौ सयले बढ्यो

काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा नौ सय रुपैयाँले बढेको हो।

मंगलबार तोलामा एक लाख ६२ हजार एक सय रूपैयाँमा कारोबार भएको सुन आज एक लाख ६३ हजारमा कारोबार भइरहेको छ।

यस्तै, आज चाँदीको मूल्य भने ५ रूपैयाँले घटेको छ।

मंगलबार १ हजार ९ सय ५५ रुपैयाँमा कारोवार भएको चाँदी बुधबार ५ रूपैयाँले घटेर  १ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

मंसिर ४, २०८१ बुधबार ११:१४:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।