सानिमा बैंकको २०औं साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस दिने प्रस्ताव पारित
काठमाडौं : सानिमा बैंकले २०औं वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ।
मंगलबार काठमाडौंमा एक भव्य कार्यक्रमको आयोजा गरी कम्पनीले २०औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो।
साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजीको ५.२६ प्रतिशत नगद लाभांश (करसहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।
आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब ४० करोड खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति २३३.८६ अर्ब, कुल निक्षेप १९९.३८ अर्ब तथा खुद कर्जा सापटी १६४.९४ अर्ब रुपैयाँ रहेको छ।
आर्थिक वर्ष २०७९/८० को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः ११.४८, १०.०६ र ८.४५ प्रतिशतले बृद्धि गरेको छ।
मंसिर ४, २०८१ बुधबार ०९:०१:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।