माओवादीले कतिपय ठाउँमा उपनिर्वाचन जित्ने सुनिश्चित छ : प्रवक्ता सापकोटा

माओवादीले कतिपय ठाउँमा उपनिर्वाचन जित्ने सुनिश्चित छ : प्रवक्ता सापकोटा

काठमाडौं : माओवादी केन्द्रले पालिका सम्मेलनका लागि कार्यविधि बनाउन कार्यदल बनाउने निर्णय गरेको छ।  

मंगलबार खुमलटारमा बसेको पार्टी बैठकले कार्यविधि बनाउनका लागि कार्यदल बनाउने निर्णय गरेको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। 

उनले भने, ‘आजको बैठक संक्षिप्त भयो धेरै एजेन्डा पनि भएन, पहिलो एजेन्डा कार्यविधि बनाउने थियो, अस्ति हामीले पालिका सम्मेलन र खबरदारी सभा एकै साथ गर्ने भन्ने निर्णय गरेका थियौं। त्यो पालिका सम्मेलनका लागि विधान त पास भई सकेको हो। त्यसको लागि कार्यविधि चाहिन्छ कार्यविधि बनाउनका लागि कार्यदल बनेको छ।’

प्रवक्ता सापकोटाले बैठकमा उपचुनावको बारेमा देशभरको रिपोर्टहरू लिएको भन्दै अहिलेसम्म सबै सकारात्मक नै रहेको बताए। 

उनले भने, ‘दोस्रो कुरा भनेको उपचुनाव छ, त्यसको देशभरको रिपोर्टहरू लिइएको छ। अहिले सम्म सकारात्मक नै छ भन्ने छ। कतिपय ठाउँमा सुनिश्चित जस्तै छ। बागमतीको दोलखादेखि काठमाडौं सम्मको सबै राम्रो छ भन्ने रिपोर्ट भएको छ।’  

मंसिर ४, २०८१ मंगलबार २०:४१:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।