मन्त्रिपरिषद् बैठक स्थगित गरेर कांग्रेस-एमाले नेताहरूसँगको छलफलमा छन् प्रधानमन्त्री ओली

मन्त्रिपरिषद् बैठक स्थगित गरेर कांग्रेस-एमाले नेताहरूसँगको छलफलमा छन् प्रधानमन्त्री ओली

काठमाडौं : साँझ ६ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित गरेर प्रधानमन्त्री केपी शर्मा ओली सत्तारुढ दलका नेताहरूसँग छलफलमा छन्। मन्त्रिपरिषद् बैठक के कारणले स्थगित गरिएको भन्नेबारे खुलेको छैन। 

मन्त्रिपरिषद् बैठक स्थगित गरेर अहिले नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरु छलफलमा जुटेका छन्। उनीहरुको बैठक बालुवाटारमै बसिरहेको छ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, परराष्ट्रमन्त्री आरजु राणा छन् भने एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओली, उपमहासचिव एवं प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसहित छन्। 

मंसिर ४, २०८१ मंगलबार १८:१८:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।