प्रसाईँको घरबाट प्रहरीले नियन्त्रणमा लियो तीन ल्यापटप र ९ वटा मोबाइल, साइबर ब्युरो अगाडि सिआइबीले अनुसन्धान गर्दै
काठमाडौँ : किर्ते प्रमाणको आधारमा प्रधानमन्त्री केपी ओलीको चरित्र हत्या गरेको आरोपमा पक्राउ परेका विवादास्पद व्यवसायी दुर्गा प्रसाईँको घरमा प्रहरीले छापा मारेर ३ वटा ल्यापटप र ९ वटा मोबाइल नियन्त्रणमा लिएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले मङ्गलवार दिउँसो भक्तपुरमा रहेको प्रसाईँको घरमा प्रमाण सङ्कलनका लागि भन्दै छापा मारेको थियो।
सामाजिक सञ्जालबाट चरित्र हत्या गरेको भन्दै प्रहरीले उनलाई विद्युतीय अपराध ऐन, २०६३ विपरीतको कसुर गरेको आरोपमा पक्राउ गरेको हो। प्रमाण संकलनकोक्रममा प्रहरीले उनको घरमा छापा मारेको थियो।
प्रसाईँले सोमबार पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकम एक्जिएटा प्रालिमा लगानी गरेको दाबीसहित भिडियो सार्वजनिक गरेका थिए।
प्रारम्भिक अनुसन्धानमै ती प्रमाणहरि किर्ते भएको दाबीसहित प्रहरीले उनलाई विहसनै पक्राउ गरेको थियो। प्रसाईँलाई वीर अस्पतालमा लगेर स्वास्थ्य जाँचपछि हिरासतमा राखिएको छ।
सम्बन्धित समाचार
मंसिर ४, २०८१ मंगलबार १७:५५:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।