घोराही सिमेन्टको 'ढलाई मिक्स पीपीसी सिमेन्ट' बजारमा

घोराही सिमेन्टको 'ढलाई मिक्स पीपीसी सिमेन्ट' बजारमा

काठमाडौं : घोराही सिमेन्ट इन्डस्ट्रीले नवीनतम उत्पादन ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा ल्याएको छ।

नेपाली बजारमा यस प्रकारको सिमेन्ट पहिलो पटक यस उद्योगले ल्याएको हो। यसले नेपाली निर्माण सामग्री उद्योगमा नवप्रवर्तनको ढोका खोल्ने कम्पनीको अपेक्षा छ।

गहिरो अध्ययन अनुसन्धान साथै उच्च प्रविधिबाट उत्पादन गरिएको ‘ढलाई मिक्स पी.पी.सी सिमेन्ट’ले विशेषत व्यक्तिगत घर निर्माणकर्तालाई लक्षित गरेको छ।

यस उत्पादनको प्रमुख विशेषता प्रारम्भिक मजबुति, उच्च टिकाउपन र छिटो सेट हुने रहेको छ। जसले घरका बिम, स्ल्याब, जग र पिल्लरको निर्माणलाई सुरक्षित, गुणस्तरीय र भरपर्दो बनाउँछ।

यस सिमेन्टले व्यक्तिगत घर निर्माणकर्तामा निर्माणमा उच्च गुणस्तरीय संरचनात्मक मजबुती र लगानीको अधिकतम प्रतिफल प्राप्त गर्ने विश्वास दिलाउँछ।

गुणस्तरमा सम्झौता गर्नुपर्ने आर्थिक बाध्यता र निर्माण सम्बन्धी जानकारीको कमीलाई दृष्टिगत गर्दै घोराही सिमेन्ट इन्डस्ट्रीले यो सिमेन्टलाई बजारमा ल्याएको छ।

‘ढलाइ मिक्स पी.पी.सी सिमेन्ट’ मार्फत, घोराही सिमेन्ट इन्डस्ट्रीले व्यक्तिगत घर निर्माणकर्तालाई ओ.पी.सी सिमेन्टको मजबुतीका साथ, मूल्यमा कम्तिमा १० प्रतिशत कम दरमा उपलब्ध गराउँदै सपनाको घर निर्माण गर्न सक्षम बनाउने लक्ष्य लिएको छ

मंसिर ३, २०८१ मंगलबार १३:५७:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।