सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं : साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य बढेको छ।
सोमबारको तुलनामा मंगलबार सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँ बढ्दा चाँदीमा तोलाको ३५ रुपैयाँ बढोत्तरी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार मंगलबार सुन तोलाको एक लाख ६२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन तोलाको एक लाख ६१ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।
यस्तै चाँदी तोलाको एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी तोलाको एक हजार नौ सय २० रुपैयाँमा कारोबार भएको थियो।
मंसिर ३, २०८१ मंगलबार ११:५४:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।