भृकुटीमण्डपमा चौथो अन्तर्राष्ट्रियस्तरको प्लाष्टिक प्रर्दशनी हुन
काठमाडौं : नेपालमा सञ्चालित प्लाष्टिकजन्य उद्योग र यससँग सम्बन्धित उद्यमी व्यवसायीहरूको छाता संगठन ‘प्लाष्ट नेपाल फाउण्डेशन’को आयोजनामा भृकुटीमण्डपमा चौथो अन्तर्राष्ट्रिय प्लाष्टिक प्रदर्शनी हुने भएको छ।
मंसिर १३ गतेदेखि १५ गतेसम्म हुने प्रदर्शनीमा नेपालमा उत्पादित विभिन्न प्लाष्टिक जन्य वस्तुहरूका उत्पादकहरू साथै प्लाष्टिक उत्पादनमा प्रयोग हुने कच्चा पदार्थहरू, उत्पादनमा प्रयोग गरिने विभिन्न मेसिन-औजार-उपकरणहरू लगायत नविनतम प्रविधि समेतको प्रदर्शनी गरिने कार्यक्रम रहेको प्लाष्ट नेपाल फाउण्डेशनका अध्यक्ष दिपक श्रेष्ठले जानकारी दिए।
मेलामा नेपाल, भारत, बंगलादेश, चीन लगायतका विभिन्न उत्पादक, कच्चा पदार्थ आपुर्तिकर्ता र मेसिन उपकरण आपूर्तिकर्ता तथा मिडिया/सेवा प्रदायकहरुको सहभागिता हुनेछ भने मेलाको सह आयोजक भारतको कम्प्लाष्ट रहेको छ।
यस मेलाले नेपालमा प्लाष्टिक जन्य वस्तुको उत्पादन र उपयोग तथा उपयोग पछिको व्यवस्थापन समेतका विषयमा प्रचार प्रसार गरि जनचेतना जगाउने तथा विश्व वजारमा गरिएका नविनतम प्रविधिको विकासलाई नेपाली बजारमा समेत भित्र्याउने विषयमा यस मेलाले सहयोग पु¥याउने अपेक्षा गरिएको छ।
फाउन्डेसनले यसअघि पनि तीन वटा अन्तर्राष्ट्रिय प्रदर्शनी गरिसकेको छ। फाउन्डेसनले यसअघि प्लाष्टिकजन्य वस्तुको उपयोगिताका विषयमा उपभोक्ता, सरकारी र सार्वजनिक निकायहरूमा जागरण ल्याउने एवं जानकारी गराउने, प्लाष्टिक उद्योगहरूको जनशक्ति विकास गर्न तालिम/प्रशिक्षण, आधुनिक र अद्यावधिक ज्ञान र सीप उपलब्ध गराउने/हस्तान्तरण गर्ने केन्द्रको रूपमा विकास गर्ने योजना बनाएको छ।
प्लाष्टिक जन्य वस्तुहरूको परीक्षण र विकास सम्बन्धि सेवा प्रदान गर्ने प्रयोगशालाको विकास गरी भविष्यमा प्रमाणीकरणको काम समेत गर्ने, प्लाष्टिक जन्य वस्तुहरुको सम्बन्धमा विभिन्न जागरण ल्याउने, प्लाष्टिक क्षेत्रको प्रवद्र्धन गरि नेपाललाई प्लाष्टिक गन्तव्यको रूपमा विकास गर्ने उद्देश्य सहित फाउन्डेसन स्थापना गरिएको हो।
मंसिर ३, २०८१ मंगलबार ११:२३:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।