लोकतन्त्र समर्थक कार्यकर्तालाई हङकङको अदालतद्वारा १० वर्ष जेल सजाय

लोकतन्त्र समर्थक कार्यकर्तालाई हङकङको अदालतद्वारा १० वर्ष जेल सजाय

एजेन्सी : हङकङको एक अदालतले लोकतन्त्र समर्थक कार्यकर्तालाई १० वर्ष जेल सजाय सुनाएको छ।

यी लोकतन्त्र समर्थक कार्यकर्ताहरू विवादास्पद राष्ट्रिय सुरक्षा कानूनको विरुद्धमा छन्।

अदालतले लोकतन्त्र समर्थक कार्यकर्ता बेनी ताईलाई १० वर्ष र जोसुवा वोङलाई चार वर्षभन्दा बढी जेल सजाय सुनाएको छ।

अदालतले ४७ कार्यकर्ता, विपक्षी सांसद र अधिकांश सर्वसाधारणलाई तोडफोडको षड्यन्त्र गरेको अभियोगमा दोषी ठहर गरेको छ।

अमेरिकाले यसलाई राजनीतिबाट प्रेरित भनेको छ। जबकि चीन र हङकङले कानून र स्थिरताका लागि यो आवश्यक भएको बताए।

मंसिर ४, २०८१ मंगलबार ०९:१४:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।