प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे देउवा

प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्। 

सोमबार साँझ दुई नेताबीचको भेट नियमित भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईंले बताए। तर, भेटमा प्रधानमन्त्री र देउवाबीच सरकारमा रहेका मन्त्रीहरूको कामकारबाहीबारे समीक्षा हुने बताइन्छ। 

पछिल्लो समय मन्त्रिपरिषद्का केही सदस्यहरूमाथि सार्वजनिक प्रश्नहरू उठेका छन्। केही मन्त्रीहरूले भने चित्तबुझ्दो कार्यसम्पादन नगरेको प्रधानमन्त्री ओली स्वयंले बताइरहेका छन्। 

यता, कांग्रेसको शेखर कोइरालाले आफ्नै पार्टीका मन्त्रीहरूले सोचेअनुरुपको कार्य सम्पादन नगरेको भन्दै असन्तुष्टि जनाइरहेका छन्। तर, सभापति देउवा मौन देखिन्छन्। देउवा-ओली भेटमा यसबारे पनि छलफल हुने बताइएको छ।   

मंसिर ३, २०८१ सोमबार १९:४१:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।