मुख्यमन्त्री हत्याका दोषी बलवन्त सिंहको दया आवेदनमाथि दुई हप्ताभित्र विचार गर्न राष्ट्रपतिलाई सर्वोच्चको आग्रह
एजेन्सी : भारतको सर्वोच्च अदालतले बेअन्त हत्याका दोषी बलवन्त सिंह राजोनाको दया आवेदनमाथि दुई हप्ताभित्र विचार गर्न राष्ट्रपतिसमक्ष आग्रह गरेको छ।
सन् १९९५ मा पञ्जाबका तत्कालीन मुख्यमन्त्री बेअन्त सिंह चण्डीगढमा आत्मघाती बम विस्फोटमा मारिएका थिए। यस मुद्दामा सर्वोच्च अदालतले बलवन्त सिंहलाई दोषी ठहर गरेको थियो।
सर्वोच्च अदालतले बलवन्त सिंह राजोआनाको दया याचिका राष्ट्रपति समक्ष पेश गर्न राष्ट्रपतिका सचिव द्रौपदी मुर्मुलाई निर्देशन दिएको छ। समाचार एजेन्सी पीटीआई र लाइभ कानूनले यसको पुष्टि गरेको छ।
सर्वोच्च अदालतमा न्यायाधीश बीआर गवई, न्यायाधीश पीके मिश्र र न्यायाधीश केवी विश्वनाथनको इजलासले यो मुद्दाको सुनुवाइ गरेको हो।
मंसिर २, २०८१ सोमबार १३:२०:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।