गाजामा इजरायली हवाई आक्रमण ३४ जनाको मृत्यु, सात जना घाइते
एजेन्सी : उत्तरी गाजाको बेत लाहिया सहरमा इजरायली हवाई आक्रमणमा ३४ जनाको मृत्यु भएको छ।
एएफपीले एजेन्सीलाई उद्धृत गर्दै आक्रमणमा मारिनेमा अधिकांश महिला र बालबालिका रहेको बताएको छ। आक्रमणमा सात जना घाइते भएका छन्।
इजरायली सेनाले हमासलाई पुन: संगठित हुन नदिन उत्तरी गाजामा आक्रमण गरिरहेको बताएको छ।
इजरायली आक्रमणका कारण विगत पाँच हप्तामा १.२५ लाखभन्दा बढी मानिस विस्थापित भएका छन्।
इजरायलमा हमासले अक्टोबर ७ मा हमला गरेको थियो र त्यसमा १,२०० जनाको मृत्यु भएको थियो।
इजरायलको जवाफी कारबाहीका कारण गाजामा हालसम्म ४४ हजार मानिसले ज्यान गुमाएका छन्।
मंसिर ३, २०८१ सोमबार १३:०५:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।