‘प्रचण्ड’को कार्यव्यस्तताले माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
काठमाडौं : माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ।
सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।
उनका अनुसार पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यव्यस्तताका कारण बैठक स्थगित गरिएको हो।
बैठक भोलि अपराह्न ४ बजे बस्नेछ।
मंसिर २, २०८१ सोमबार १०:३७:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।