शेख हसिनालाई बंगलादेश पठाउन भारतसँग माग गर्छौं : मोहम्मद युनुस

शेख हसिनालाई बंगलादेश पठाउन भारतसँग माग गर्छौं : मोहम्मद युनुस

एजेन्सी : बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई बंगलादेश पठाउन भारतसँग माग गर्ने बताएका छन्।

आफ्नो कार्यकालको एक सय दिन पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै युनुसले हसिनालाई बंगलादेश पठाउन भारतसँग माग गर्ने बताएका हुन्।

आरक्षणको विषयमा भएको आन्दोलन दबाउने प्रयास विफल भएपछि शेख हसिना भागेर भारत पुगेकी थिइन्।

मुहम्मद युनुसले अगस्ट ८ देखि बंगलादेशको अन्तरिम सरकारको नेतृत्व गरिरहेका छन्।

हालै बंगलादेशको विदेश मन्त्रालयका प्रवक्ता तौफिक हसनले शेख हसिनाले प्रायः राजनीतिक बयान दिने गरिरहेको बताएका थिए।

आफूहरू भारतमा बस्दै आएकी शेख हसिनाले राजनीतिक बयान गर्ने पक्षमा नभएको बारेमा बंगलादेशले भारतीय उच्चायुक्त र भारत सरकारलाई जानकारी गराएको हसनले बताए।

शेख हसिनाले भारतमा शरण लिएको एक सय दिनभन्दा बढी भइसकेको छ।

मंसिर ३, २०८१ सोमबार ०९:१३:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।