काठमाडौँ गुर्खाजको ब्रान्ड एम्बेस्डरमा इन्दु, सार्वजनिक गर्‍यो जर्सी

काठमाडौँ गुर्खाजको ब्रान्ड एम्बेस्डरमा इन्दु, सार्वजनिक गर्‍यो जर्सी

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज क्लब ‘काठमाडौँ गुर्खाज’ले प्रतियोगिताको जर्सी र टाइटल स्पोन्सर सार्वजनिक गरेको छ। 

क्लबले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर जर्सी सार्वजनिक गरेको हो। साथै क्लबले यो वर्षको लागि क्रिकेट एम्बेसडरमा राष्ट्रिय महिला क्रिकेटकी कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बेसडरको रूपमा अनुबन्ध गरेको छ।

एम्बेसडर इन्दुसँगै क्लबको लगानीकर्ता शृङ्खला खतिवडा र मार्की खेलाडी करण केसीले जर्सी सार्वजनिक गरेका थिए।

मंसिर २, २०८१ आइतबार २३:३०:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।