एउटा फिल्म चल्दैमा ५० लाख डिमाण्ड !

‘समिरलाई ३० लाख रुपैयाँसम्म दिन म तयार थिएँ,’ ती निर्माताले भने, ‘उनले ५० लाखको अडान राखे। त्यसपछि म पनि अर्को विकल्पमा जान बाध्य भएँ।’

समिरको एक्सनलाई दर्शकले रुचाएका छन्। उनको पहिलो फिल्मले नै २० करोड भन्दामाथिको व्यापार गरेकाले निर्माताहरू उनको पछि लागेका हुन्।

समिरले तत्कालको लागि आफूलाई ‘५० लाखे हिरो’को रूपमा उभ्याए पनि उनको यो अडान लामो समय नजाने ती निर्माताले बताए। पछिल्लो समय समिर सन्तोष सेनको फिल्म ‘बलिदान’मा अभिनय गर्दैछन्।

मंसिर २, २०८१ आइतबार २०:५२:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।