कीर्तिपुरको मेयरमा दलकाभन्दा स्वतन्त्र उम्मेदवार बढी
काठमाडौँ : स्थानीय तह उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकाको मेयरका लागि दलका भन्दा स्वतन्त्र उम्मेदवार बढी परेको छ। २० जनाले उम्मेदवारी दिएकोमा ९ जना दलगत र ११ जना स्वतन्त्र छन्। मेयरमा कांग्रेसबाट कृष्णमान डङ्गोल, एमालेका सुरेन्द्र मानन्धर, माओवादीबाट शिव शरण महर्जनको उम्मेदवारी परेको छ।
जनमत पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दल निर्वाचनमा सहभागी हुँदा प्रतिनिधि सभाको चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी भने निर्वाचनमा सहभागी भएन।
कीर्तिपुर नगरपालिका वडा नम्बर १ मा नौ र वडा नम्बर ४ मा १३ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जानकारी दिएको छ।
मंसिर २, २०८१ आइतबार २०:४०:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।