दुई बस जुध्दा ३० यात्रु घाइते, चालकको मृत्यु
दमौली (तनहुँ) : पृथ्वीराजमार्गको तनहुँको बन्दीपुर गाउँपालिका–५ गोरचौतारामा भएको बस दुर्घटनाका घाइतेमध्ये एक चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा बस चालक तनहुँको ऋषिङ पाटन घर भई हाल कास्कीको चाउथे बस्ने ३९ वर्षीय रामबहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पोखराबाट नेपालगन्जतर्फ जाँदै गरेको भे१ख ३४८७ नंको बस र काठमाडौँबाट पोखरा आउँदै गरेको गण्डकी जिएए ००७० नंको बस एकापसमा ठोक्किएका थिए।
दुर्घटनामा जिएए बसका चालक परियारको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए। दुर्घटनामा घाइते भएका ३० जनाको डुम्रेस्थित मोती अस्पताल र लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ।
मंसिर २, २०८१ आइतबार २०:२५:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।